Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

ओलीसँग संवादमा देउवा, बालकोट पुगेर कानुनमन्त्रीले गरे यस्तो आग्रह


प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद बढाएका छन्। संसदमा देखिएको गतिरोधबीच ओलीले प्रतिपक्षी दलसँग संवाद बढाएका हुन्। आफू प्रधानमन्त्री बनेको दुई महिना बित्दा पनि सरकार विस्तार गर्न नसकेका देउवाले केही समययता प्रतिपक्षीसँग वार्ता बढाएका हुन्।

कानुन मन्त्री कार्की बिहीबार दिउँसो पनि बालकोट पुगेर ओलीसँग संवाद गरे। उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका छन्। ‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छु, विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले भने, ‘त्यसका लागि विपक्षी दलसँग पनि हामीले संवाद थालेका छौँ।’

मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग बिहीबारै बालकोटमा छलफल भएको बताए। संसद अवरुद्ध भएपछि सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न सकेन। भदौ ३० सम्म प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारदेखि नै सरकारी खर्च बन्द भएको छ। सरकारी खर्च बन्द भएर देश ‘गभर्मेन्ट सट्डाउनु तर्फ गइसकेको अवस्थामा देउवाले प्रतिपक्षी नेता ओलीलाई फकाउन दूत पठाएका हुन्। ‘विपक्षी दलसँग पनि छलफल भइरहेको छु, कार्कीले अगाडि भने, ‘चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट रोकिँदैन।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार