Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

बसले स्कर्पियोलाई ठक्कर दिँदा विरगञ्जमा दुई जनाको मृत्यु


जनकपुरबाट बर्दियातर्फ गइरहेको स्कर्पियोलाई बसले ठक्कर दिँदा विरगञ्जमा दुई जनाको मृत्यु भएको छ ।
बा १६ च ३८१२ नम्बरको स्कर्पियोलाई ना ५ ख २३६९ नम्बरको बसले ठक्कर दिँदा स्कर्पियोमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया राजापुर नगरपािलका वडा नं ७ लाल्चिपुरका ४५ वर्षिय राजु थापा क्षेत्री र अर्का एकजना रहेका छन् । अर्का एकजनाको भने नाम खुल्न सकेको छैन ।
नाम खुल्न नसकेका व्यक्तिको घटनास्थलमै र राजु थापा क्षेत्रीको उपचारका क्रममा विरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बुझिएको छ । बसले गलत दिशाबाट आएर ठक्कर दिएको स्थानीय जनक ढकालले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार