Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

जापानको निप्पोन फाउण्डेशनद्वारा त्रिविविको ‘सिनास’लाई शैक्षिक सामग्री प्रदान


काठमाण्डौ,१९ फागुन ।

जापानको निप्पोन फाउण्डेशनले त्रिभुवन विश्व विद्यालय, मानवीकि तथा सामाजिक शास्त्र विभाग अन्तर्गतको नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) लाई बुधबार शैक्षिक सामग्री उपहार दिएको छ ।
निप्पोन फाउण्डेशनद्वारा उपलव्ध गराईएको जापानको इतिहास, सभ्यता र विकास सम्वन्धि पुस्तक र डिभिडीहरु जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग ‘जाइका’का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो तथा जाइकाका पुर्व प्रमुख प्रतिनिधि युमिको आशाकुमाले सिनासका कार्यकारी निर्देशक प्रा.डा.मृगेन्द्र बहादुर कार्कीलाई प्रदान गरे ।
सिनासमा आयोजित शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै ‘जाइका’का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो उपहारको रुपमा प्रदान गरिएको जापान सम्वन्धि पुस्तक तथा शैक्षिक सामग्रीले नेपाली विद्यार्थीहरुलाई जापानको विकास तथा आधुनिकीकरणको बारेमा अध्ययन गर्न सहयोग पुग्ने बताए ।
जाइकाका पुर्व प्रमुख प्रतिनिधि युमिको आशाकुमाले जापानको इतिहास तथा संस्कृतिबारे जान्न प्रदान गरिएको शैक्षिक सामग्रीले सहयोग पुग्ने विचार व्यक्त गरीन् ।


सिनासका कार्यकारी निर्देशक प्रा.डा.मृगेन्द्र बहादुर कार्की शैक्षिक सामग्रीको लागि निप्पोन फाउण्डेशन र जाइकालाई धन्यवाद दिँदै यस्ता शैक्षिक आदानप्रदान कार्यक्रमले नेपाल र जापानबीचको सम्वन्धलाई अझै प्रगाढ पार्ने उल्लेख गरे ।
नेपालबाट जापानमा उच्च शिक्षा अध्ययनको लागि ८ जना नेपाली विद्यार्थीहरु जापान गएको एकसय बिस वर्षको अवसरमा जापानले यो वर्ष जापान—नेपाल मैत्री सम्वन्ध वर्षको रुपमा मनाउँदै जापान—दक्षिण एशिया आदानप्रदान वर्षको रुपमा मनाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार