Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

आठौं संरकरणको विद्यासंस्कार शिक्षक फुटसलको उपाधि ड्याफोडिललाई


काठमाण्डौं, २१ फागुन ।

नगद २० हजार र ट्रफि सहितको ‘आठौं संस्करणको विद्यासंस्कार अन्तर विद्यालय शिक्षक फूटसल प्रतियोगिता २०७८’ को उपाधि ड्याफोडिल स्कुलले हात पारेको छ ।

जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्यासंस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको सो प्रतियोगितामा एस स्कुल दोस्रो भएर नगद १० हजार रुपैयाँ जित्यो । आजै भएको फाइनल खेलमा ड्याफोडिल स्कुलले एस स्कुललाई ३ का विरुद्ध ४ गोल अन्तरले हराएको थियो ।

प्रतियोगिताका विजयी टीम र खेलाडीलाई बागमती प्रदेशको उर्जा, खानेपानी तथा सिँचाई मन्त्री बसन्त मानन्धरले नगद, ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।

सो प्रतियोगितामा एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी, सोही स्कुलका शशि रिमाल र ड्याफोडिल स्कुलका रोशन पन्त बढी गोलकर्ता, न्यू जेनिथ स्कुलका अजित महर्जन उत्कृष्ट गोलकर्ता, आयोजक विद्या संस्कार स्कुलका प्रणय मोक्तान मस्ट इन्स्पायरिङ्ग खेलाडी, ड्याफोडिल स्कुलका मिंगमा शेर्पा उत्कृष्ट व्यवस्थापक र सेन्ट जेभियर्स स्कुलले फेयर प्लेको उपाधि जित्यो ।

प्रतियोगिताका अन्य विजयी खेलाडी, अफिसियल माधव केसी र सहदेव श्रेष्ठ तथा सञ्चारकर्मीलाई विद्या संस्कार स्कुलका सञ्चालकहरु सुरेश अधिकारी र राजेश अधिकारी तथा शैक्षिक एवम् प्रशासन प्रमुख प्रणय मोक्तानले पुरस्कार वितरण गरेका थिए । समारोहमा मन्त्री मानन्धरलाई विद्यालयको तर्फबाट विद्या संस्कार स्कुलका सञ्चालकहरु सुरेश अधिकारी र राजेश अधिकारीले प्रशसांपत्रद्वारा सम्मान गरेका थिए ।

विद्या संस्कार स्कूलको खेलकूद विभाग प्रमुख राजन न्यौपानेका अनुसार आठौं संस्करणको प्रतिोयोगितामा काठमाण्डौ र ललितपुरका गरि १२ वटा विद्यालयका खेलकूद शिक्षकले भाग लिएका थिए । जसअनुसार न्यू एरा स्कुल, न्यू जेनिथ स्कुल, ड्याफोडिल स्कुल, साइपाल एकेडेमी, एस स्कुल, एन्जल हार्ट स्कुल, एजिएम स्कुल, रिब्स स्कुल, द एक्सेल्सर स्कुल, प्रिमियर स्कुल, सेन्ट जेभियर्स स्कुल गोदावरी र आयोजक विद्या संस्कार स्कुल जोरपाटी, अत्तरखेल रहेका छन् ।

२०७६ को माघमा सातौं संस्करणको सो प्रतियोेगिता आयोजना गरिएता पनि सोही वर्षको चैतदेखि विश्वव्यापी महामारी कोभिड—१९का कारण लकडाउन भएपछि २०७७ सालमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस !
विचार