Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

के प्रतिनिधि सभा फेरि पनि विघटन हुँदैछ ? लेखराज भट्टले देउवालाई लगाए यस्तो आरोप


पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरे । दुई पटक नै सर्वोच्चले पुर्नर्रवहाली गरिदियो । ओली अलोतान्त्रीक भएको भन्दै विपक्षीहरुले मोर्चाबन्दी कसे । अन्तत सर्वोच्चको परमादेशमार्फत ओली पदमुक्त भए भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनको सहयोगमा प्रधानमन्त्री बने । के अव देउवाले पनि संसद् भंग गर्न खोज्दै छन् त ?

संविधान दिवसकै अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले देउवा पनि प्रतिनिधि सभा विघटन गर्ने सोचमा रहेको दाबी गरेका छन्। अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा एमाले नेता भट्टले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने मनस्थितिमा देउवा रहेको दाबी गरेका हुन्।

यस्तै उनले एमसीसीका कारण पाँचदलीय गठबन्धन फुट्ने दाबी पनि गरे। गठबन्धन फुट्ने तयारीमा रहेकोले नै मन्त्रिपरिषद् विस्तार हुन नसकेको भट्टको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार