राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा अभियान सञ्चालन गर्दै आएको नेपाल नागरिक अभियानले शनिबार राजधानीमा पहिलो साधारणसभा गर्दैछ ।
यसअघि नै फागुन २८ गतेका लागि तोकिएको साधारणसभा शनिबार हुन लागेको हो । काठमाडौंको नयाँ बजारस्थित क्लासिक पार्टी प्यालेसमा हुन लागेको साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको नागरिक अभियानका राष्ट्रिय अध्यक्ष डा.ठाकुरमोहन श्रेष्ठले जानकारी दिए ।
साधारणसभाका लागि सबै जिल्लाबाट प्रतिनिधि समेत काठमाडौं आइसकेका छन् । साधारणसभाको उद्घाटन बिहान ११ बजे हुँदैछ ।








