Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

हामीलाई केहीले खाओवादी भन्न थालेका छन् : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पनि विस्तारै एमालेकरण हुन थालेको बताएका छन्। सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले छलछाम, झुट, गुट,धोका दिने लगायको विशेषता एमालेको रहेको र त्यस्तै गुण आफूहरुको पार्टीमा सरेको भन्दै माओवादी केन्द्र एमालेकरण हुन लागेको बताए।

माधव नेपालको पक्षमा रहेर पार्टी विभाजनमा सहभागी नभएका घनश्याम भुसाल, योगेश भट्टराई लगायतका १० जनाले ओली यति जाली, फटाह, धोका दिन मानिस् हुन भनेर सिकाएको प्रचण्डको भनाइ थियो। ‘मलाई र हामीलाई त उहाँहरुले सिकाएको हो, ओली यति भ्रष्ट्र, यति वेइमानी, यति छली, यति जाली मान्छे छ भनेर सिकाएको चाँही घनश्याम, योगेश, गोकर्ण लगायतका १० जनाको टिमले हो। हामीलाई दह्रोसँग टेक्नुस् हामी छौं साथमा भनेपनि उहाँहरु नै हो। तर लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो अनौंठो लागेको छ।’

माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु ठीक बाटोमा हिँड्ने प्रयत्न गरिरहेको र आफूहरुले त्यहाँ सहयोग गरिरहेको प्रचण्डले बताए। एमाले विचारविहीन पार्टी बनेको आरोप प्रचण्डको थियो। ‘विचार भनेनि सिद्धान्त भनेपनि एमालेमा सूर्य र मदनभण्डारी छन्’ उनले भने, ‘हामी पनि त्यस्तै हुने हौं कि भन्ने चिन्ता लागेको छ। माओवादी बस् सकियो। हामीलाई केही केहीले खाओवादी भन्न थालेका छन्। माओवादी भन्या लोगो जस्तो भयौं जरुरी पर्‍यो भने प्रचण्ड पनि भन्ने।’

उनले माओवादीले परिवर्तन र क्रान्तिको नेतृत्व गरेकोले जनतामा अझै आशा रहेको बताए। अन्य दलहरु भन्दा आफूहरु फरक रहेको र त्यसका लागि नेता कार्यकर्ता गम्भीर बन्नुपर्ने उनको भनाइ थियो। अन्य दलजस्तै व्यवहार हुने हो भने माओवादीको औचित्य नभएको र पार्टी विघटनको कुरा गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार