Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

दिल्लीरत्न तुलाधार हस्तकला महासंघको उपाध्यक्षमा निर्वाचित


रिच्युअल फ्रेट, वान वर्ल्ड ट्रेड कन्सर्न लगायतका विभिन्न व्यवसायका सञ्चालक दिल्लीरत्न तुलाधर हस्तकला महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाल हस्तकला महासंघको शनिबार सम्पन्न ४१ औं वार्षिक साधारणसभाबाट तुलाधर वाणिज्य समुहतर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् । हस्तकला क्षेत्रका चर्चित व्यवसायी तुलाधर युवाहरुलाई नेपालमै सम्भावना देखाउँने अभियान ‘सम्भव छ’ का संस्थापक समेत हुन् ।

शनिबार सम्पन्न वार्षिक साधारणसभाले प्रचण्ड शाक्यको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला र प्रदेश हस्तकला संघतर्फको उपाध्यक्षमा दीपेन्द्र शाक्य, वस्तुगत संघतर्फको उपाध्यक्षमा अमृत खड्का, उद्योगतर्फको उपाध्यक्षमा दिव्यतारा तुलाधर, वाणिज्यतर्फको उपाध्यक्षमा दिल्लीरत्न तुलाधर, व्यक्तिगततर्फको उपाध्यक्षमा नविन शाक्य र एसोसिएटतर्फको उपाध्यक्षमा किरणकुमार स्थापित निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार