
अमेरिकाले रक्षा मामलामा विज्ञता हासिल गरेका विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलाई नेपालमा राजदूतका रुपमा पठाउने तयारी गरेको छ । नेपालमा चीनको प्रभाव बढ्दै गएको बुझाईमा रहेको अमेरिकाले चिनियाँ प्रभाव न्युनिकरणको उद्देश्यसहित नयाँ राजदूत पठाउँने तयारी गरेको हो । अहिले नेपालमा अमेरिकी राजदूतका रुपमा रहेकी ¥याण्डी बेरीको कार्यकाल सकिनै लाग्दा अमेरिकाले नेपालमा रक्षा मामलामा दक्ष मानिएका वरिष्ठ अधिकारीलाई राजदूत बनाएर पठाउन लागेको हो ।
रक्षा मामलामा विज्ञ व्यक्ति नै नेपालमा अमेरिकी राजदूत बनेर आउने खबरले यतिबेला कुटनीतिक वृत्तमा सनसनी मच्चाएको छ । एमसीसी संसदबाट अनुमोदन गरिनु, नेपालमा एमसीसीकै कारण अमेरिकी सेना आउँछ भन्ने हल्ला पिटिनु अनि अमेरिकाले रक्षा मामलामा विज्ञ व्यक्तिलाई नै राजदुत बनाएर पठाउन लाग्नुलाई कतिपयले संयोग मात्रै मानेका छैनन् । अमेरिकाको भित्री डिजाइन खतरनाक भएको र, त्यही अनुसार उसले अनेकन गोटी चालेको केहीको बुझाई छ ।
नेपालमा राजदुत बनेर आउन लागेका व्यक्ति हाल अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ कुटनीतिज्ञ हुन् । उनी हाल अमेरिकी बिदेश मन्त्रालयमा दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी पदमा कार्यरत छन् । डिन आर थम्प्सन नाम गरेका ती कुटनीतिज्ञ २०२१ यता अमेरिकी बिदेश मन्त्रालयमा कार्यरत छन् ।
चीनियाँ विदेशमन्त्री वाङ यी ले ३ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए लगत्तै ह्वाइट हाउसका तर्फबाट नेपालमा नयाँ राजदूत नियुिक्तको प्रकृया शुरु गर्नुलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन् । चीनले नेपालका राजनीतिक दलहरुभित्र खेलेर एमसीसी अनुमोदनमा लामो समयसम्म बाधा पु¥याएको अमेरिकी बुझाईका बीचमा नेपाल आउन लागेका नयाँ राजदूतको भूूमिका कस्तो हुन्छ त्यो भोलिका दिनले बताउला । तर, नेपाल आउनुअघि नै डिन आर शंकाको घेरामा भने परेका छन् ।
थम्पसनले नेपालस्थित अमेरिकी नियोगमा गरेका छैनन् तर, उनीसँग दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा काम गरेको अनुभव छ । थम्पसन बिदेश सेवामा आउनुअघि अमेरिकी रक्षा मन्त्रालयमा कार्यरत थिए ।