Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

पाकिस्तानमा पनि संसद विघटनको सिफारिस, प्रधानमन्त्री इमरानले गरे सम्बोधन


पाकिस्तानमा पनि संसद विघटनको सिफारिस भएको छ ।

प्रधानमन्त्री इमरान खानले संसद विघटनको सिफारिस गरेका हुन् । उनले राष्ट्रपति आरिफ अल्भी समक्ष संसद विघटनका लागि सिफारिस गरेको जनाएका छन् ।

आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै खानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

यसअघि इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेश भएको थियो भने सो प्रस्तावलाई त्यहाँका उपसभामुखले खारेज गरिदिएका थिए । आफ्ना विरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि इमरान खान सांसदहरुप्रति रुष्ट बन्दै आएका थिए । आफूलाई काम गर्न नदिने संसद राखिरहनुको अर्थ नभएकाले संसद विघटनको सिफारिस गरिएको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार