Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

कालिञ्चोक युवा मञ्चबाट समाजसेवामा जुट्दै युवाहरु


दोलखाको कालिञ्चोक गाउँपालिकास्थित साविकको लापिलाङ गाविसका युवाहरु यतिबेला स्वतस्फुर्त रुपमा समाजसेवाको काममा जुटेका छन् । स्थानीय तहको विकास निर्माण र समाजसेवाका लागि युवाहरु नै खटिनुपर्ने निष्कर्ष सहित उनीहरु कालिञ्चोक युवा मञ्चका नामबाट समाजसेवामा जुटेका हुन् ।

लापिलाङ, थाङबारु लगायतका क्षेत्रका युवाहरु सुशान्त ढुंगाना केसी, रेशमराज खड्का, निश्चलकृष्ण श्रेष्ठ, प्रकाश थामी, रमेश खत्री, सुजल खत्री लगायतका युवाहरु मिलेर केहीसमय अघि सुरुवात गरेको कालिञ्चोक युवा मञ्च अहिले सामाजिक काममा सकृय बनेको छ । मञ्चमा आबद्ध युवाहरुले केही दिनअघि कालिञ्चोक गाउँपालिका वडा नं ५ पोखरेमा भएको आगलागी घटनका पीडितहरुलाई राहत वितरणको काम समेत गरे ।

साथीभाई र अन्य मनकारी व्यक्तिहरुसँगको समन्वयमा ५२ हजार रुपैंयाँ संकलन गरेर आगलागी घटनाका पीडितलाई दिएको मञ्चका अगुवा सुशान्त ढुंगाना केसीले बताए । आगलागीमा पोखरेका कृष्णबहादुर थापा र अर्जुन थापाको घर जलेर नष्ट भएको थियो । केसीका उनका अनुसार आगलागी पीडितलाई राहत रकम वितरण गर्नका लागि होमबहादुर थामीले सहजीकरण गरेका थिए भने पत्रकार तथा स्थानीय समाजसेवी गोकर्ण भण्डारीले सकृय भूमिका निर्वाह गरेका थिए ।

सामाजिक सञ्जालको उपयोग गरेर राहत रकम संकलन गरिएको मञ्चका अगुवा सुशान्त केसीले जानकारी दिए । भोलीका दिनमा युवाहरुलाई समाजसेवाका काममा थप आकर्षित गर्दै लाने उद्देश्यले आफूहरु अघि बढेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार