पाकिस्तानको संसदले देशको २३ औं प्रधानमन्त्रीमा सहबाज सरिफलाई निर्वाचित गरको छ । इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि नयाँ प्रधानमन्त्री चयनको प्रकृया अघि बढेको थियो ।
पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष समेत रहेका व्यवसायिक पृष्ठभूमिका सरिफका पक्षमा ३४२ सांसद मध्ये १७४ सांसदले मतदान गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएका सरिफले अब पिपुल्स पार्टी, जमैद उलेमा ए लगायतलाई समेटेर नयाँ सरकार बनाउँनेछन् ।
सहबाज सरिफ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका सहोदर भाई पनि हुन् ।








