Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

जुम मार्फत एक्सेस प्लानेटको कविता प्रतियोगिता


अपांगता भएका महिलाहरुको क्षेत्रमा काम गर्दै आएको एक्सेस प्लानेट संस्थाले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा युवा महिलाहरुको कविता प्रतियोगिता सम्पन्न गरेको छ । अपांगता भएका महिलाहरुको समावेशीकरणका सम्बन्धमा केन्द्रीत रहेको प्रतियोगिता सोमबार जुम मार्फत गरिएको हो ।

प्रतियोगितामा देशका विभिन्न स्थानका १६ देखि ३५ वर्ष उमेर समूहका २४ जना साङ्ग तथा अपांगता भएका महिलाहरुको उपस्थित रहेको थियो । प्रतियोगितामा सहभागीहरुले अपांगता भएका महिलाहरुका हक अधिकारका सवालमा आधारित रहेर कविता वाचन गरेका थिए ।

साहित्यकार तथा लेखक ललिता दोषी, योगेन्द्र अधिकारी र प्रभा भट्टराई रहेको निर्णायक मण्डलले उत्कृष्ट ४ जना प्रतियोगीलाई  छनौट गरेको छ । जसमा सरिता अर्याल, रिना शाह, आश्मा अर्याल र सुनिता ज्ञवाली रहेका छन् । छनौटमा परेका ४ जना प्रतियोगीहरुले आगामी वैशाख ३ गते लुम्बिनीमा आयोजना हुने WOW फेस्टिबलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी अन्य प्रतियोगीहरुलाई भने ब्रिटिस काउन्सिल मार्फत मायाको चिनो प्रदान गरिने एक्सेस प्लानेट संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार