नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहान ११ः ३० बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यन्वयनका विषयमा छलफल हुने भएको छ । साथै विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने छ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो । छलफलबाट धेरैको सुझाव उपाध्यक्ष ७ जना राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए।
त्यस्तै बैठकमा १० बुँदे कार्यान्वयन नभएकोबारे उठेको कुरामाथि पनि छलफल हुने छ। विशेष गरी उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले १० बुँदेको कार्यान्वयन समानरुपमा हुन नसकेको बताएका थिए। अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटी बैठक राखेर छलफल गर्ने आश्वासन दिएका थिए।
पछिल्लो समय ओली १० बुँदे सहमतिबाट पछि हटेको भन्दै मध्यमार्गी नेताहरु उनीसँग रुष्ठ हुँदै आएका छन् ।






