चर्चित युवा व्यवसायी सुट्मालाका सञ्चालक राज कार्की राष्ट्रिय युवा उद्यमी सम्मानबाट सम्मानित भएका छन् । चन्द्र लोक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक विशेष समारोहका बीचमा युवा व्यवसायी कार्कीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई सम्मान गरेका हुन् ।
कार्की २०७२ देखि टेलरिङ व्यवसायमा छन् । नरदेवी काठमाडौंमा उनको श्रीराज कलेक्सन पनि सञ्चालनमा छ । केही समय अघि उनले काठमाडौंको बागबजारमा सुट्माला टेलरिङ सञ्चालनमा ल्याएका थिए ।
कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव समेत हुन् । उनी सामाजिक र व्यावसायिक काममा निरन्तर सक्रिय छन् ।
‘राष्ट्रिय युवा उद्यमी’ सम्मान दिलाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्कीले उद्यम क्षेत्रमा थप रचनात्मक, सिर्जनात्मक काम गर्न प्रेरणा मिलेको बताए ।





