Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

चुनावी इतिहास र हामी : सफलता बोगटी


विश्वमा पहिलो पटक कहाँ र कहिलेबाट निर्वाचन शुरु भयो भन्ने बारेमा इतिहासहरुमा नै अन्योल पाइन्छ । तर, किन आवाधिक निर्वाचन वा यति वर्ष पछि अनिवार्य निर्वाचन हुने भनेर संविधानमा नै तोकिने चलन चाहिँ संसदको जननी भनेर चिनेने देश बेलायतबाटै शुरु भएको हो ।

बेलायतमा सन १०९६ मा अक्सर्फोड र सन १२०९ मा क्याम्ब्रिज विश्वविद्यालयहरुको स्थापना भइ सकेको थियो । यसैको प्रभावले सन १२१५ मा राजाको अधिकार जनतालाई दिने एतिहासिक सन्धि माग्नाकार्टा बेलायतमा नै भयो । अमेरिकाको हार्वड विश्वविद्यालय सन १६३६ मा स्थापना भयो । भारत वर्षको तक्षशिला विश्वविद्यालय भने इसा पुर्व पाँचौ सदि सम्म थिए । दशरथ राजाका छोरा भरतले हालको पाकिस्तानको तक्षशिला भन्ने स्थानमा यो विश्वविद्यालयको स्थापना गरेका थिए ।

कुमारा गुप्ताद्धारा स्थापना गरिएको नालान्दा विश्वविद्यालय भने बौद्ध मार्गीहरुको विश्वविद्यालय हो । यसको भग्नावषेशहरुलाई आधार मान्दा यो पनि पाँचौ सदि कै आसपासबाट बन्द भएको पाइन्छ । बेलायत र अमेरिकामा यी आधुनिक विश्वविद्यालयहरुको स्थापना भएपछि राजनैतिक व्यवस्थामा संसारभरी ज्यादै ठुलो सुधार आयो । जस्तो सन १२१५ को माग्नाकार्टाले संसारभरी नै राजतन्त्रबाट अधिकार खोसेर जनतामा ल्याउनु पर्छ भन्ने मानसिकता विकास ग¥यो ।
अमेरिकामा पनि सन् १७७८ मा फिलाडेल्फिया संविधान सभाद्धारा जनताहरुले जनताहरुका लागि संविधान बनाए ।

अमेरिकामा जर्ज वाशिङ्गटनले आफू अमेरिकाको राजा नबन्ने र राष्ट्रपति बन्ने निर्णयले विश्वभरी नै राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र वा जनतन्त्रको स्थापना भयो । अमेरिकी राष्ट्रपतिको चुनाव हुने प्रणालीका बारेमा धेरै जनालाई थाहा नहुन सक्छ । अमेरिकाको सबै भन्दा बढी Electo सिट भएका राज्यहरु क्यालिफोर्निया ५५, टेक्सास ३८, फोलोेरिडा २९, न्युयोर्क २९ आदि हुन । साथै डिसि, अलस्कामा भने ३÷३ वटा मात्र सिट हुन्छन । अथवा क्यालिफोर्नियाबाट एकै चोटी ५५ भोट आउछ भने डिसिबाट मात्र ३ भोट । अमेरिकामा प्रत्येक ४ वर्षको नोभेम्बर महिनाको पहिलो हप्ता राष्ट्रपतिको निर्वाचन हुने संविधानमा उल्लेख गरिएको छ ।

अमेरिकामा ५३८ वटा Electoral Colleges छन जसमध्ये राष्ट्रपति बन्न २७० भोट आवश्यक पर्छ । अमेरिकी संविधान संसार कै सबै भन्दा छोटो संविधान हो । हामीले चाहि बल्लतल्ल वि.सं २०४८ सालबाट आवधि निर्वाचनको अभ्यास गर्दैछौ । त्यो पनि २०५६ देखि २०६४ सम्म त बन्द नै भयो । त्यसैले नेपालीहरुसँग मताधिकारको थोरै मात्र अनुभव छ । नेपालीहरुले वि.सं २०४८ मा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ मा नेपाली कांग्रेस, २०६४ मा माओवादी, २०७० मा नेपाली कांगे्रस र २०७४ मा नेकपा एमालेलाई जिताएका छन् । यसको मतलब के हो भने जनताहरुले सबै भन्दा राम्रो राजनीतिक दलको विकल्प खोजिरहेका छन । र, हाल सम्मका कुनै पनि दलहरुले राम्रो काम गर्छन् भन्ने आशा र भरोशा पनि जनतामा छैन । हामीहरुले पनि अब नेपाललाई गरिब बनाउने दलहरुलाई भोट दिनु हुदैन । किनकि यो देश मेरो पनि हो र यो देश तिम्रो पनि हो, यो देश तिम्रो पनि हो र यो देश मेरो पनि हो, त्यसैले यो देश हामी सबैको देश हो ।


प्रतिक्रिया दिनुहोस !
विचार