Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुने


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आजको बैठकबाट राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय हुन सक्ने जनाइएको छ। सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार बैठकले अध्यादेश खारेजको निर्णय गर्न लागेको स्रोतले जनाएको छ। दलका नेताहरुले छिटो अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए।

मन्त्रिपरिषदको निर्णयलगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ। सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा आज बिहान ब्रिफिङ गरेका थिए।

अध्यादेश फिर्ता नहुँदा फेरि पनि पार्टी फुट्न सक्ने डरले गठबन्धनमा आबद्ध दलहरूले अध्यादेश फिर्ता लिएपछि मात्रै वर्तमान सरकारमा सहभागी हुने अडान लिएका हुन्। असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै सरकारलाई पूर्णता दिन सकेका छैनन्। सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो।

बैठक बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार