Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेसलाई बलियो बनाउँन सबै एकजुट बनौं : लेखकुमारी पुडासैनी


नेपाली कांग्रेसकी नेतृ लेखकुमारी पुडासैनीले नेपाली कांग्रेसलाई बलियो बनाउँन सबै कांग्रेसजन एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छिन् ।
काठमाडौं क्षेत्र नं. ३ को वडा अधिवेशनबाट निर्वाचित सबैलाई बधाई ज्ञापन गर्ने क्रममा उनले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो बन्ने बताइन् ।
कांग्रेस काठमाडौं क्षेत्र नं ३ की क्षेत्रिय प्रतिनिधी समेत रहेकी पुडासैनीले सोमबार विज्ञप्ती समेत जारी गरी वडा अधिवेशनबाट निर्वाचित इकाई सभापति, कार्यसमितिका पदाधिकारी तथा क्षेत्रिय प्रतिनिधि सबैलाई बधाई ज्ञापन गरेकी हुन् । नेपाली कांग्रेसलाई आउँदो निर्वाचनमा देशको पहिलो पार्टी बनाउँन निर्वाचित सबैको भूमिका उल्लेख्य रहने उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पुडासैनी काठमाडौंं क्षेत्र नं ३ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेर विभिन्न सामाजिक सेवाका कामका कृयाशित नेतृ हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार