Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

नेवारी र नेपाली दुवैमा बालेनको सपथ


काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले नेपाली र नेवारी दुवै भाषामा सपथ लिएका छन् ।

सोमबार सभागृहमा आयोजना भएको सपथग्रहण कार्यक्रममा मेयर बालेनले सुरुमा काठमाडौं जिल्ला अदालतका न्यायाधीशबाट नेपालीमा सपथ लिएका थिए । त्यसलगत्तै नेवारी भाषामा आफैँले पढेर सपथ ग्रहण गरेका थिए ।

त्यसपछि मेयर बालेनले उपमेयरमा निर्वाचित सुनिता डंगोललाई सपथ गराएका थिए । बालेनले नेपाली भाषामा पढेका थिए भने सुनिताले नेवारी भाषामा उच्चारण गर्दै सपथ लिएकी थिइन् ।

त्यसपछि बालेनले वडाअध्यक्ष र वडासदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार