BERLIN, GERMANY – DECEMBER 19: China’s Foreign Minister Wang Yi on December 19, 2015 in Berlin, Germany. (Photo by Thomas Trutschel/Photothek via Getty Images)
चीनले नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै अघि बढाउन चाहेको जनाएको छ । राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढंगले प्रवद्र्धन गर्न चाहेको बताएका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।
चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्ना समकक्षीसँग विदेशमन्त्री वाङ यील सँगसँगै काम गर्ने तत्परता व्यक्त गरेको राजदूत यान्छीले उल्लेख गरेकी छिन् ।
परराष्ट्रमन्त्री खड्का भने यतिवेला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका छन् ।





