जिन्दगिमा महान महान प्राप्ती गर्नका लागि कुनै तपस्या ध्यान न्यास आदीमा बस्नै पर्दैन । हाम्रा सोचाइमा परेका असाधारण कुरालाई साधारण कुराहरु बनाउन खोज्ने अभ्यास गर्नुपर्छ । हामीले नै जिवनमा साहास र अभ्यास नदेखाए पछि जिन्दगिका महानताहरु सामान्यमा भेटिन्दैनन् । तपाइमा आज सम्म नजन्मिएको विचार अब के छ होला त ? तपाइको नजन्मिएको वा जन्मन बाँकि विचार चाहि के हो त । तपाइमा अब जन्मन केहि वाकि विचार छ जस्तो लाग्छ ?
हामी कुनै नयाँ विचार खोज्दा हामीलाई समाजले खुस्केट मान्छे भन्छ भन्ने डर भित्रैवाट लागिरहन्छ । हामीले के बुझेका छैनौ भने जिवन पद्धतिको प्रकृतिकता नै ठुलो कुरा हो र जिवन भनेको स्वाभावबिकता मात्र हो । प्रकृतिबाट आएका हाम्रा मन र शरिरका कुनै कुरा माथि बैचारिक र व्यावहारीक हस्ताक्षेप नै गर्नु हुदैन । तर हाम्रो मष्तिस्कले हाम्रा प्रकृतिकतालाई हस्ताक्षेप गरी नै रहेको हुन्छ । मानव जिवनको चमत्कारीता भनेकै जिवनलाइ प्रकृतिक रुपमा नै छाडी दिनु हो ।
नतासेको ढुङ्गगा आफ्नै नैसर्गिक शक्तिमा हुन्छ, अदुभुत आकारमा हुन्छ । प्रकृतिक स्वाभावमा झनै ओजस्वि हुन्छ । यस्तै हामीले जिवनमा सरलताको उत्खनन गर्नु पर्छ । सबै भन्दा साधारण बन्नु नै सबै भन्दा गहिरो कठिन र माहान जिवनको अभ्यास हो । सबै जना तपाइलाइ विचार र व्याबहारमा बेठिक बनाउन लाग्छन । खोलाको वारी पट्टि बसेर तपाईले लेखेको कुरा पारी पटि बसेर त्यहि कुरा लेख्ने गुरुहरु हुन्छन । तर पनि मेरो चमत्कार भनेको चाहिं म भोक लागेको बेला खान्छु , निन्द्रा लागेको बेला सुत्छु आदी नै हुन । के यि कुराहरु चमत्कार होइनन र ? हामीमा जन्मन बाँकि अब अरु के के विचार वा कुराहरु छन त ? भोक लागेको बेला तपाइको दिमागले जे गर भन्छ त्यहि नै ठुलो आदर्श हो । तपाइ सधै मनको र दिमागको हस्ताक्षेपमा बाँच्नु हुन्छ । शरिर र मनले नगर भनेको काम पनि हामी गर्छौ ।
जिवन सहज भागमा उपलब्ध हुनु नै जिवनको चमत्कारमा उपलब्ध हो । आज किन हतार गरेर हावा चलिरहेको छ । किन अकाश आज धेरै पानी फाल्ने पक्षमा छ । यस्तै तपाइ आज किन धेरै चिन्तामा हुनुहुन्छ । तर चिन्ता नमान्नोस बर्षाको पानी सकिए पछि अकाश निलै देखिन्छ । हिजोका दुखका कुराहरु र भोलि आउने दुखका विषयहरुसंग कुनै गुनासो गर्नु आवश्यकै छैन । जिवनमा आइपर्ने यिनीहरु अप्ठेरा बाटाहरु मात्र हुन जसलाई हिडेरै पार लगाउनु पर्छ । कसैलाइ कुनै कुरा बुझाउन खोज्दा कुनै हालतमा पनि उसले बुभ्mन सक्दैन, हामी भन्छौ यो कुनै कुरै नबुझने मान्छे हो अथवा उ मेरा कुरा सुन्न सक्ने क्षमता नै राख्न सक्दैनन् । आज भन्दा ५० वर्ष अगाडी चिच्चाएर मात्र प्रतिपक्षलाइ जितिन्छ भन्ने अवधारणा थियो । तर आजका माइक्रोफोन यति संबेदनशिल छन कि उनिहरुका अगाडी बढ्न साथ बोल्ने मान्छेका बारेमा यसै हो भन्न सकिन्छ । हाम्रा कतिपय समाचारकर्मिहरु किन चिच्चाउछन भने उनिहरु ठान्छन मेरा श्रोताहरु कुरा सुन्दैनन । संचार मनोविज्ञानका अध्येता भन्छन ः समस्या श्रोतामा होइन समाचारकर्मिहरुमा पो अरुलाई बुझाउने खासै क्षमता छैन । हामी अगाडीको मान्छेलाइ बुझाउन सक्दैनौ किनकि उ त ठिक मान्छे छ । हामीले सन्नाठामा शक्ति भेटेनु पर्छ ।
बोल्दा पनि, मौन हुदा पनि अरुका कुरा बुझिएन भने मौन हुनु नै राम्रो हो । मौन रहनु चाहि असामाजिकता होइन, अमानवियता पनि होइन र अव्याबहारीकता पनि होइन । जिवनमा मौन बस्नु नै सबै भन्दा ठुलो सम्बाद हो । मौनता नै सबै भन्दा शक्तिशालि हुन्छ । मौनता नै महान हो । बोलि गल्ति हुन सक्छ तर मौनता कहिल्यै गल्ति हुदैन । भिक्षुहरु ३ वर्ष सम्म कसैसंग केहि नबोली गुफा बस्छन वा गुम्बामा बस्छन । त्यसमा उनिहरु कति पनि बोल्दैनन् । यो मौन रहने बौद्ध धर्मको अभ्यास हो, विपत्सनाको विस्तृत रुप हो । ३ वर्ष सम्म मौन बसेका भिक्षुहरु मध्ये ३ वर्ष पुगेपछि १ जनालाई बोल्न दिइन्छ । यो वर्ष बाहिर निस्किएको १ जना भिक्षु बोल्छ र भन्छ : सुप असाध्यै तातो थियो (यति मात्र भन्छ ) । अको बर्ष अर्को भिक्षु भन्छ ः सुप असाध्यै चिसो थियो । तेसो वर्ष तेस्रो भिक्षु भन्छ : सुप न त तातो न त चिसो नै थियो तर त्यो कडा नुनिलो थियो । अब अर्को वर्ष चाहि ति भिक्षुहरुलाई सुप दिने आनी वा गुरुमा भन्छिन : सुपको बारे कुनै हलचल नै हुदैन । मौनता भनेको मनको पिडा होइन ऐना देखाउनु हो । मौनतामा आफैलाई हेर्नोस जसले गर्दा अरुले तपाइलाई सफा गरी देख्न सक्नेछन । हामी सबैको असोज महिना पछि मौसमसंग एउटा नयाँ सम्बन्ध बन्छ । चाडहरु आए जस्तो भान हुन्छ । अथवा मौसम र जिवन तपाइसंग सल्लाह नै नगरी गफ गर्छन । यस्ता हाम्रा यादहरु गडीएको होइनन, रोपिएका मात्र हुन । हामीले जानेका छौ कि छैनौ : जिवनमा कुन बिचारहरु गाड्ने र कुन चाहिं रोप्ने हो । हो हामी जिवनमा असाध्यै कठिनाइमा पनि चुक जस्तो अध्यारोमा पनि मज्जाले हुर्किरहेका हुन्छौं । कहिले काहि तपाइलाई आएका समस्याहरुले गर्दा जिवनमा अब त मरीन्छ होला भन्ने पनि लाग्छ होला । मरीन्छ भन्ने कुन बेला लाग्छ भने यदि तपाइले जिवनलाई गाड्नु भएको छ भने । तर जिन्दगि तपाइले रोप्नु भएको छ भने त जिन्दगिका कठिन कठिन दिनमा हामी झन सुन्दर बनेका हुन्छौ । जति अध्यारोमा तपाइ खेल्नु भयो तपाइको जिवन त्यति कडा कडा बन्यो ।
जिवनमा अनेकौ दुख कष्टहरु पलाउछन तर ति कहिल्यै पनि सिद्धिन्दैनन् । जिवनका जत्रासुकै खराब दुख कष्टहरुमा पनि आशाहरु चाहि मनग्ने पलाएका हुन्छन । जे होस सानै भए पनि आशाहरु पलाउँदछ । जिन्दगिका खराब दिनहरु कहिल्यै सिद्धिन्दैनन किनकि त्याहा त भरपर्दो आशाहरु उम्रिएका हुन्छन । अन्न वा वनस्पतिका विऊहरु हामीलाई माटो भित्र अध्यारोमा गाडीएको भनेर कहिल्यै निराश बन्दैन तर थोरै बाताबरण पाउन साथ ति विऊहरु उम्रिहाल्छन । अलिकति मौका पाउन साथ विऊले मुन्टो निकालि हाल्छ । तपाई हाम्रो जिन्दगिसंग पनि अनगन्ति विपरितहरु, कष्टहरु र दुखहरु स्थायी पाराले बस्न आएका हुदै होइनन् र बस्दैनन् पनि । तापक्रम बढ्न साथ विऊको मुना निस्कन्छ नै । जिन्दगि पनि अध्यारोमा बसुन्जेल मात्र विक्षिप्त बन्छ वा स्मरण गुम्छ । तर मुना बनेर बाहिर आउन थाले पछि त जिवन एउटा सत्तिशालको रुख जस्तै कसैलाई नटेर्ने वा सुमेरु पर्वत जस्तै सबैको बाटो छेकेर बस्छ ।






