Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

श्रीलंकाका राष्ट्रपतिले राजीनामा नदिएसम्म जनताले राष्ट्रपति भवन नछाड्ने


श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् ।

देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि देखिएको छैन ।

गोटाबायाको गलत नीतिका कारण श्रीलंका आर्थिक संकटमा फसेको र आफूहरुले इन्धन, खाना तथा औषधि नपाएको नागरिकको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार