Logo
१६ आश्विन २०८३, शुक्रबार
|  Sat Oct 3 2026

कारोवारको हिसावकिताव दूरुस्त राख्न एसएमटेकको ‘स्मार्ट सफ्टवेयर’ बजारमा


काठमाडौं । एसएमटेक टेक्नोलोजी प्रालिले सानातिना व्यवसायीलाई लक्षित गर्दै आफ्नो व्यवसायको कारोवार चुस्त दूरुस्त राख्न विद्युतिय लेखा प्रणाली अर्थात इ—बिलिङ्ग÷इ—इन्भ्वाईसिङ्ग सफ्टवेयर बजारमा ल्याएको छ ।

नेपाल सरकारको आन्तरिक राजस्व विभागले आगामी साउन १ देखि अनिवार्य रुपमा विद्युतिय लेखा प्रणाली इ—बिलिङ्ग मार्फत व्यवसायीक हिसाव किताव राख्नुपर्ने भनेर सूचना जारी गरेपछि एसएमटेक टेक्नोलोजी प्रालिले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरि सो टेक्नोलोजीको सफट्वेयर व्यवसायीको लागि उपयुक्त हुने दावी गरेको हो ।

सो प्रालिका प्रमुख कार्यकारी निर्देशक सुरेश पाण्डेले सो सफ्टवेयर हालसम्म देशका होटल, सुपरमार्केट र मलहरुले प्रयोग गर्दै आएकामा अबका दिनमा रेष्टुरेण्ट, आइसक्रिम पार्लर, ब्युटी पार्लरलगायत साधारण किराना पसल, तरकारी विक्रेतादेखि पान पसले समेतले प्रयोग गर्ने दावी गरे । सो सफ्टवेयरको प्रयोगबाट जस्तोसुकै व्यवसाय पनि फाइदामा जाने कम्पनीको दावी छ ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेका अनुसार सो कम्पनीले नेपालमा आइटि सिस्टम, प्वाइन्ट अफ सेल, बार कोड, लेखा प्रणालीका साथै मोवाइल एप समेतको विकास गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार