Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

गोली लागेका जापानका पूर्व प्रधानमन्त्रीको मृत्यु


गोली लागेर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार एक कार्यक्रममा बोल्दै गर्दा आबेलाई पछाडिबाट एक युवकले गोली हानेका थिए ।

गोली प्रहार गर्ने ती व्यक्तिलाई आबेका सुरक्षागार्ड तुरुन्त नियन्त्रणमा लिएका थिए भने आबेलाई उपचारका लागि हेलिकप्टरमा हाली अस्पताल भर्ना गरिएको थियो ।

जापानको मिडिया रिपोर्टका अनुसार गोली लागेपछि बेहोस अवस्थामा रहेका आबेको उपचारका क्रममा मृत्यु भएको छ ।

युवकले केहि समय आबेको भाषण सुनेपछि गोली प्रहार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार