Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

प्रदर्शनकारी भन्छन्– राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटियो


श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् ।

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ ।

यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन् । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।

राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार