
एक्सेस प्लानेट संस्थाले अपांगता भएका महिलाहरुको सवाल पहिचान सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।
Nepal US Alumni Network (NUSAN) र US Embassy सँगको सहकार्यमा आषाढ २४ गते एक्सेस प्लानेट संस्थाले कार्यशाला सम्पन्न गरेको हो ।
अपांगता भएका महिलाहरुको सवाल पहिचानको उद्देश्यका साथ सञ्चाल गरिएको कार्यशालामा राष्ट्रियस्तरका अपांगता र महिला अधिकार क्षेत्रका विज्ञ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा पहिचान गरिएका सवालहरुलाई आगामी निर्वाचनका लागि जारी गरिने घोषणापत्र र विकासका समग्र योजनामा सम्बोधनका लागि राजनीतिक दलहरुसँग पैरवी गर्ने योजना रहेको एक्सेस प्लानेट संस्थाले जनाएको छ ।
कार्यशालाको सहजीकरण अपांगता अधिकार अभियन्ता महेश्वर घिमिरेले गरेका थिए ।