Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

‘सिकारुलाई गाडी चलाउन र ट्राफिक नियम पनि संगसंगै सिकाउनुपर्छ’—ट्राफिक प्रहरी


काठमाडौं, २६ असार । मनोहरा प्लानिङ्ग लोकन्थली—जडिबुटी र सुविधानगर, तिनकुनेमा सञ्चालित ‘क्रियशन ड्राइभिङ्ग स्कुल’मा सवारी साधन चलाउन सिक्न आउने सिकारुलाई सवारी साधन चलाउन सिकाउँदै आएका सो ड्राइभिङ्ग स्कुलका १५ जना प्रशिक्षक (गुरु)हरुलाई सम्वन्धित क्षेत्रका विज्ञहरुमार्फत पुर्नताजगी तालीम दिइएको छ ।

‘क्रियशन ड्राइभिङ्ग स्कुल’ का प्रवन्ध सञ्चालक दिपक तामाङ्गका अनुसार तिनकुने र मनोहरा प्लानिङ्ग गरि दुवै ड्राइभिङ्ग स्कुलका सवारी प्रशिक्षकहरुलाई ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज, ट्राफिक प्रहरी निरीक्षक किशोर तामाङ्ग र व्यवसायीक उत्प्रेरक विकाश देव योन्जन तामाङ्गले प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज, ट्राफिक प्रहरी निरीक्षक किशोर तामाङ्गले ड्राइभिङ्ग स्कुलमा गाडी चलाउन सिक्न आउने सिकारु प्रशिक्षार्थीलाई प्रशिक्षकहरुले राम्रो तरीकाले गाडी चलाउनमात्रै नभई ट्राफिक नियम र ट्राफिक अनुशासन पनि संगसंगै सिकाउनुपर्ने कुरामा जोड दिए ।

सैद्धान्तिक र व्यवहारिक दुवै थरीका ज्ञान सिकाउने ड्राइभिङ्ग स्कुलमा मात्र सवारी साधन चलाउन र ट्राफिक अनुशासनका कुरा सिकाइने भएकोले हरेक प्रशिक्षकले यस्ता कुरामा ध्यान दिनुपर्ने ट्राफिक प्रहरी निरीक्षक तामाङ्गले बताए ।

राम्रोसंग गाडी चलाउन जानेर मात्रै असल सवारी चालक बन्न नसक्ने बताउँदै उनले व्यवहाहिरक रुपमै ट्राफिक अनुशासन पालन गर्ने चालक नै असल चालक हुने बताए ।

पुर्नताजगी तालीममा व्यवसायीक उत्प्रेरक विकाश देव योन्जन तामाङ्गले समेत प्रशिक्षण दिएका थिए ।

यातायात व्यवस्था विभागले लिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परिक्षामा प्रयोग गरिने मोडेलका अल्टो कार, सुपर स्प्लेण्डर मोटरसाइकल र प्लेजर स्कुटरबाट प्रशिक्षण दिँदै आएको क्रियशन ड्राइभिङ्ग स्कुल विगत ८ वर्षदेखि सुविधानगर, तिनकुनेमा र ३ वर्षदेखि मनोहरा प्लानिङ्ग लौहकिल्थली—जडिबुटीमा सञ्चालित छ ।


प्रतिक्रिया दिनुहोस !
विचार