Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


रौतहट, सुनसरी, दाङ, स्याङ्जा, चितवन र मोरङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रौतहटको गौर नगरपालिका–७ सिसवास्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट आइतबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय नन्दकिशोर पाण्डे रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका नन्दकिशोरको जिल्ला सरकारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगन्जस्थित सडकमा को.२ त २१५८ नम्बरको ट्रयाक्टरले को.२८ प ९३९९ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगन्ज गाउँपालिका–४ बस्ने ५५ वर्षीया जयमुन खातुन रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिका–८ चिउरीस्थित सडकमा ग.१३ प ६०७४ नम्बरको स्कुटर आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १७ वर्षीय धन बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क नजिक सडकमा ना.५ ख ८४९७ नम्बरको ट्रकले ना.२६ प ४८५१ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार ईच्छाकामना गाउँपालिका–३ बस्ने २० वर्षीय सन्दिप गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१० जलौरा चोकमा बा.०१–२५ च ७७६४ नम्बरको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय देबराज चौधरी रहेका छन् । उनको आइतबार बेलुकी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका देबराजको राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१२ कोशी प्रोजेम्टस्थित सडकमा प्र.१–०२–०४९ प ६२५८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१५ बस्ने ४५ वर्षीय भोला श्रेष्ठ रहेका छन् । उनको आइतबार बेलुकी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार मृतकका भतिज १२ वर्षीय सुसान्त श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार