Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

काभ्रेको चारदोबाटोमा स्व.राजा त्रिभुवनको शालिक पुनर्निर्माण गर्नुपर्ने भन्दै नगरप्रमुखलाई ज्ञापन


काभ्रेको बनेपा चारदोबाटोमा स्व.राजा त्रिभुवन शाहको शालिक पुनर्निमाण गर्नुपर्ने भन्दै नेपाल नागरिक अभियान सहित काभ्रेका विभिन्न सामाजिक अभियन्ताहरुले बनेपाका नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गएका अभियन्ताहरुले नगरप्रमुख शान्तिरत्न शाक्यलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै शाक्यले छिट्टै नगरपालिकाको बैठक बसी शालिक निर्माणका विषयमा छलफल गर्ने प्रतिबद्धता जनाएको स्वतन्त्र उम्मेदवार श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

गणतन्त्र स्थापनापछि बनेपाका ऐतिहासिक स्थल तथा क्षेत्रको संरक्षण हुन नसकेको भन्दै अभियन्ताहरु लामो समयदेखि आन्दोलनमा छन् । राष्ट्रिय एकताका प्रतिक राजा र राजसंस्थाको महत्व अहिलेका शासकहरुले नबुझेको भन्दै उनीहरुले अहिलेको व्यवस्थालाई जनविरोधी व्यवस्था भनी टिप्पणी समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार