Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

गिनिज बुकमा टेबल टेनिसको र्कीर्तिमान गोमा सापकोटाको नाममा रहँदै


गिनिज वल्र्ड रेकर्डमा यसअघिको ‘ मोस्ट अल्टरनेट हिट्स युजिङ अ टेनिस प्याडल इन वान मिनेट ’ शीर्षकमा कायम र्कीर्तिमान भक्तपुरकी गोमा सापकोटाले तोड्ने भएकी छिन् । साविक कायम विश्व रेकर्डमा दर्ता भएको १ मिनेट अवधिमा २४१ पटक बल प्रहारलाई भङ्ग गर्न गोमाले २४९ पटक बल प्रहार गरेकी छिन् ।

हाल कायमभन्दा गोमाको पछिल्लो प्रहार ८ पटक बढी हो । टेनिस बलको प्याडलले उल्टो सुल्टो गरी दोहोरो २४९ पटक प्रहार गरिएको भिडियो प्रमाण समेत खिचिएको छ । सो भिडियोको गिनिज वल्र्ड रेकर्डको मुख्यालयमा पठाइने र त्यहाँबाट भेरीफाई भई नतिजा सकारात्मक आए र्कीतिमानी तोडिएको प्रमाणपत्र आउने बताइएको छ ।

काठमाडौँस्थित सुन्दरीजल रिसोर्टमा एक कार्यक्रमकाबीच प्रमाणका लागि भिडियो खिचिएको हो । जुलाई ९ तारिखमा भिडियो फुटेज खिच्न र्कीर्तिमानी युवा संघले कार्यक्रम आयोजना गरेको थियो । प्रमाणका लागि भिडियो फुटेज तयारी कार्यक्रममा वल्र्ड रेकर्ड होल्डर समेत रहेका चित्रकुमार कार्की ‘टाइम किपर ’ रहेका थिए ।

सापकोटाले भङ्ग गर्न लागेको सो रेकर्ड यसअघि नेपालबाटै पहिलो पटक कायम गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार