
गोली लागेर मृत्यु भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मंगलबार अन्तिम संस्कार गरिँदै छ ।
जापान सरकारले आबेको अन्तिम संस्कारको तयारी गरेको हो । अन्तेष्टिमा हजारौँ जनताहरु आबेप्रति शोक व्यक्त गर्न टोकियोको जोजोजी टेम्पलमा जम्मा भएका छन् । श्रद्धान्जलीपछि आबेको शव टोकियो शहर परिक्रमा गर्दै जोजोजी टेम्पलमा पु¥याइएको छ ।
गत शुक्रबार दक्षिणी जापानको एक अभियानमा भाषण गर्दै गर्दा ६७ वर्षीय आबेमाथि गोली प्रहार भएको थियो ।
जोजोजी टेम्पलभित्र बौद्ध धर्मावलम्बीको विधि अनुसार उनको अन्तिम संस्कार गरिने भएको छ ।
आबे युद्धपश्चात् जापानको सबैभन्दा लामो समयसम्म सेवा गरिरहेका प्रधानमन्त्री र एक प्रभावशाली राजनीतिज्ञ थिए ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले गोली हानी आबेको हत्या गरिएको घटनालाई “घृणित आक्रमण“को रूपमा निन्दा गरेका छन् ।