Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

सजिथ प्रेमदासा हुनसक्छन् श्रीलंकाका भावी राष्ट्रपति


श्रीलंकामा गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन् । उनको समगी जन बलवेगया (एसजेबी) पार्टीले यस कदमलाई समर्थन गर्न सहयोगीहरूसँग वार्ता गरेको छ । श्रीलंकाले अभूतपूर्व आर्थिक संकट सामान गरेको छ, जसका कारण हजारौँ मानिस मार्चदेखि सडकमा उत्रिएका छन् ।

देशमा मुद्र सञ्चिति सकिएको छ । खाद्यान्न, इन्धन, औषधिजस्ता आधारभूत आवश्यकता पूर्तिका लागि देशले संघर्ष गरिरहेको छ । वर्तमान राष्ट्रपति राजापाक्षेले १३ जुलाइमा राजीनामा दिने घोषणा गरेका छन् । आगामी राष्ट्रपति २० जुलाईमा छानिने बताइएको छ ।

राष्ट्रपतिको पद रिक्त भएमा पार्टी र सहयोगीहरूले “राष्ट्रपतिको पदको लागि आफूले  उम्मेदवारी दिने प्रेमदासाले  बताएका छन् ।

सन् २०१९ मा भएका राष्ट्रपति निर्वाचनमा उनी पराजित भएका थिए ।  जित्नको लागि उनलाई गठबन्धनका सांसदहरूको समर्थन चाहिन्छ । श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाएका श्रीलंका र उनको परिवारविरुद्ध आक्रोश बढिरहेका बेला उनी आफ्नो पक्षमा समर्थन जुटाउन लागिरहेका छन् ।

जुनमा श्रीलंकाको मुद्रास्फीति दर ५५% प्रतिशतमा पुगेको थियो । हाल लाखौँ मानिसहरू जीविकोपार्जन गर्न संघर्ष गरिरहेका छन् ।

 श्री प्रेमदासले सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन आफू तयार रहेको बताए । गत अप्रिलमा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि एसजेबी नेता प्रेमदासविरुद्ध आलोचना भइरहेको छ । उनले अस्वीकार गरेपछि प्रेमदासका प्रतिद्वन्द्वी रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि राजीनामा दिने घोषणा गरेका थिए । श्रीलंकाको वर्तमान अवस्थालाई असफलता, अनिश्चितता र पूर्ण अराजकता  भन्दै प्रेमदासाले ‘सहमति, परामर्श, समझौता र एकताको खाँचो रहेको’ औँल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार