Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

चार महिनापछि कोरोनाबाट एक महिलाको मृत्यु


गत फागुन यता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गत फागुनबाट कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरे पनि आइतबार भने एक महिलाको धरानमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य  विज्ञान  प्रतिष्ठानमा आइतबार ५६  वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाले कोरोनाविरुद्ध कुनै खोप नलगाएको खुलेको छ ।
कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ । ३ जेठ २०७७ मा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसे– राम्चेकी २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार