Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

बाँकेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा हिजो राती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५ बिनौनाका अन्दाजी ५० बर्षीय बुचु थारु रहेका छन् ।

अन्दाजी २३ बर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागी नर्सिङहोम नेपालगन्ज पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार