काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतलनिवासले जेठ ६ गते संविधानको धारा ७६(५) नयाँ सरकार गठन गर्न आह्वान गरिएको पत्र र संसद् विघटनसम्बन्धी सूचनासमेत हटाएको छ ।
राष्ट्रपति कार्यालयले जेठ ६ गते संविधानको धारा ७६(५) अनुसार २१ घण्टाको सूचना दिएर जारी गरेको पत्र वेबसाइटमा राखेको थियो ।
त्यस्तै, जेठ ७ गते मध्यरात प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले पेस गरेको सरकार गठनसम्बन्धी दाबी विधिसम्मत नभएको भन्दै तीन पृष्ठ लामो विज्ञप्ति राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटमा राखेको थियो ।
जेठ ७ को मध्यराति नै मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ७६ (७) अनुसार संसद् विघटन गरेको सूचना पनि राखेको थियो ।
शनिबार राति नै ती तीनैवटा विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएको छ ।







