Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

नेपाल उद्योग परिसंघ र हस्तकला महासंघका पदाधिकारीबीच भेटवार्ता


नेपाल उद्योग परिसंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच भेटवार्ता भएको छ । ट्रेड टावर थापाथलीस्थित नेपाल उद्योग परिसंघको कार्यालयमा भएको भेटवार्तामा नेपाली उत्पादनको प्रबद्र्धनका विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, वीरेन्द्र पाण्डे तथा कार्यालय निर्देशक दीपकराज जोशीको उपस्थिती रहेको थियो भने हस्तकला महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष सनम शाक्य, दिव्यतारा तुलाधर, दिल्ली रत्न तुलाधर तथा महासंघका महानिर्देशक तारख थापाको उपस्थिती थियो ।

भेटवार्ताका क्रममा हस्तकला महांघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले सरकारका नीति परिमार्जनको आवश्यकता औंल्याएका थिए भने उपाध्यक्ष दिव्यतारा तुलाधरले केराको रेशाबाट उत्पादन हुने कपडालाई राम्रो मसिनो बनाउँन आवश्यक पर्ने प्रविधीको बारेमा र उपाध्यक्ष दिल्ली रत्न तुलाधरले नेपालको व्यापारघाटा न्युनिकरणका लागि नेपाली हस्तकलाका सामानहरुको निर्यात तथा त्यसको कर छुटका विषयमा आफ्ना धारणा राखेका थिए । कामदारको अभावका कारण हस्तकला क्षेत्रले झेल्नुपरेको समस्या तथा चीनमा निकासी भइरहेका सामानको बैंकिङ च्यानलबाट रकम आउन भएको कठिनाइका बारेमा उनले आफ्नो विचार व्यक्त गरे ।

भेटघाटका क्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले व्यापार प्रबद्र्धनका लागि हस्तकला महासंघ र परिसंघबीच गर्न सकिने सहकार्यका विषयमा बोलेका थिए । यस्तै परिसंघका अर्का उपाध्यक्ष बिरेन्द्र पाण्डेले स्वदेशी उत्पादनको प्रबद्र्धन तथा व्यापार विस्तारका लागि मिलेर काम गर्न सकिनेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार