
आमा बुवा र ज्ञानदातालाई साक्षात ईश्वर मानिन्छ । हामीले ईश्वरलाई किन मन पराउँदछौ भने उनीहरु हामीहरुसँग केही पनि माग्दैनन् तर हामी उनिहरुसँग चाहिँ कति हो कति मागिरहेका हुन्छौं । ईश्वरले दैनिक तपाइसँग माग्न थाले भने इश्वरलाई तपाइले शत्रु मान्नुहुन्छ । जीवनमा न ईश्वर तपाइसँग कहिल्यै खुसी हुन्छ न तपाइँका समस्याहरु नै समाधान गरिदिन्छ ।
तपाइँलाई आइ परेको समस्याले चाहिँ तपाइँको जीवनलाई नयाँ बाटोमा लगिदिन्छ । तपाइँको मनका कुरा भगवानले कसरी जान्दछ र किनकि ईश्वर निराकार हुन् तर तपाइ आफै कारण खोज्नुहुन्छ । ईश्वरसँंग बसेर हामीले कहिल्यै मस्ति गरेका छौ र, कहिल्यै मिठो खाना खाएका छौ, तर उनको नाममा चाहिँ मस्ति गरेका छौं । ईश्वर प्राप्ती भनेको आफैले आफैलाइ मन पराउनु हो । फ्रान्सका नाटककार जोन पाउल शात्रे भन्छन ः सबै कुरालाई महत्व देऊ र सबैमा पे्रम गर, सबै कुराहरुमा आफैंले आफैलाई हद पार गरेर जिउन र जिताउन सक्नु पर्छ । आफूले आफुलाई माया गर्न ठूलो साहस चाहिन्छ । हामीलाइ के सिकाइयो भने आफुलाई माया गर्नु भनेको स्वार्थी हुनु हो ।
हामी म अब अरुकी श्रीमति भएँ भनेर जानकारी दिन सिन्दुर र पोते लगाउँछौ । किन तपाइले मैले बिहे गरे भनेर अरुका अगाडी विज्ञापन गर्नु परो र ? मान्छेले तपाईलाइ जे गरे पनि टिप्पणीहरु गर्छन् । यसलाई कदापि मतलव नराख्नोस । तपाइँ यो जीवनमा अरुसंग केही कुराहरु पनि माग्न छाड्नोस , तपाइ अरुसँग ज्ञान, धन, मान, ध्यान आदि नमाग्नोस । यी सबै आफै सृजना गर्नोस । सबै प्रति अनुग्रहित बन्नोस ।
जीवनसंँग अनेकौ अनिश्चितताहरु छन । भोलि के हुन्छ होला त्यसबारे हामी केहि पनि जान्दैनौ । सबै अड्कलबाजी मार्ने मात्र हौं । धागो गुजुल्टायो भने बरवाद हुन्छ त्यस्तै हामीले जीवनलाई गुजुल्टाइ दिएका छौ र जीवन अगाडि बढेको छैन । । त्यसैले जीवनलाइ जटिलत तिर कदापि लैजानु हुदैन । हामी ससाना कुराहरुमा अनावश्यक तर्क गछौ र त्यसलाइ दावाग्नि बनाउँदछौं । हामी कडा घाम लाग्दा पनि र पानी दर्कदा पनि गुनासो गरिहाल्छौ । तर, हाम्रो जीवनमा पनि त यहि ऋतु जस्तै उतार चढावहरु आएका छन् ।
एउटा फोटो खिच्ने पसलको बोर्डमा लेखिएको थियो, यहाँ तीन मुल्यमा फोटो खिचिन्छ । रु. ५०, रु. ७५ र रु. १०० । रु. ५० मा तपाइँ जस्तो हुनुहुन्छ त्यस्तै फोटो खिचिन्छ । रु.७५ मा तपाइ जस्तो सोच्नु हुन्छ त्यस्तै फोटो खिचिन्छ । रु. १०० मा तपाइ जस्तो देखिन चाहानु हुन्छ त्यस्तै फोटो खिचिन्छ । यहाँ भने जस्तै हामी अरुलाई देखाउन मात्र जिउने गरेका छौ । तर, जसको आँखामा निन्द्रा छ उसँग ओछयान छैन । जसको ओछ्यान छ उसको निन्द्रा छैन । लाओत्से मान्छेलाइ पुर्णतामा मात्र हेर्छन् । उनी मान्छेका बारेमा भनिने यस्तो र उस्तो दौडमा सामेल नबन भन्छन् । आफू भन्दा फरक बन्न खोज्दा नै हामी अनेकौ जटिलताहरुमा फस्छौ । तिमी जे हौ त्यसैलाई स्वीकार गर, अरु जस्तो बन्नतिर नलाग । तपाइँ भलाद्मी सत्यवादी श्रेष्ठ बन्न खोज्दा तपाइँका धेरै कुराहरु विग्रिएका छन् । जीवनमा कतै पनि र कहिल्यै पनि द्धन्द नहुनु नै सिधा जीवन हो । प्यास लागेमा स्वाद लिएर पानी पेऊ ।
भगवानलाई नाना बहाना बनाएर अनेक कुराहरु नमाग । जीवनलाई द्धन्दमय जीवन नबनाउ । जीवन अति सरल र सहज छ । सरल बन्न मात्र सिक्नोस सबै जटिलताहरु बाफ बनेर हराउने छन् । तिमीले जीवनका समस्यासँग मुकाबिला गर्दा समस्याहरु झन थुपरिएका छन् । जीवनका समस्याहरुसँग मुकाबिला गर्दा त समस्याहरु माथि भारी विजय पाइन्छ । तर समस्याहरुलाई चिन, किन र कसरी ति समस्याहरु तिमी सम्म आइ पुगेका रहेछन् भनेर । समस्याहरु पाहुँना बनेर आएका पनि हुन सक्छन ।
(लेखका लागि विभिन्न सन्दर्भ सामग्रीहरु लिइएको छ, जसप्रति म आभारी छु : लेखक )