Logo
५ जेष्ठ २०८२, सोमबार
|  Mon May 19 2025

भारतमा उपराष्ट्रपति निर्वाचन सुरु


नयाँ दिल्ली—भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ ।
नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ ।
सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार