Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

साफ च्याम्पियनशीपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै, बराबरी खेले पनि नेपाल फाइनलमा पुग्ने


साफ च्याम्पियनशीप अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्समा जारी १३औँ संस्करणको साफमा आफु भन्दा धेरै बलियो टोली भारतसँग नेपालले आज प्रतिस्पर्धा गर्न लागेको हो । आजको खेलमा नेपालले भारतसँग बराबरी मात्र खेलेपनि साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पुग्नेछ ।

नेपालले हालसम्म साफमा दुई खेलमा जीत निकाल्दै ६ अंकसहित शशीर्ष स्थानमा रहेको छ । भारत भने २ खेलमा बराबरी खेल्दै चौथौ स्थानमा रहेको छ । भारत यसअघिको ७ पटकसम्मको साफ विजेता हो भने नेपालले अहिलेसम्म साफको उपाधि जीत्न सकेको छैन ।

भारतविरुद्ध नेपालले हालसम्म खेलेको २१ खेलमा भारतले १४ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा ५ खेल बराबरी खेलेको छ । खेल नेपाली समय अनुसार आज बेलुकी ९:४५ बजे खेल हुँदैछ । खेललाई सके जित्ने र नसके पनि बराबरीमा रोक्ने नेपालको लक्ष्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार