Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा


सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा

काठमाडौं : प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुँदैछ। यसका लागि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुग्ने क्रम जारी छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू संसद् विघटनविरुद्ध सर्वोच्च जान लागेका हुन्।

११ बजे सबै सांसदलाई सर्वोच्चमा उपस्थित हुन भनिएको एक सांसदले बताए। सबैलाई निवेदक बनाइएकाले नागरिकतासहित उपस्थित हुन भनिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध अहिलेसम्म सर्वोच्चमा विभिन्न पक्षका ५ वटा रिट पुगेका छन्। तर, दर्ता प्रक्रियामा गइसकेका छैनन्।

यसैबीच, भिडभाड तथा केही अप्रिय गतिविधि हुन सक्ने भन्दै सर्वोच्च अदालतको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। अहिले सर्वोच्च परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालित छन्।

सर्वोच्च प्रशासनका अनुसार रिट दर्ताका लागि पुग्नेहरूलाई ५/५ जनाका दरले दर्ता शाखामा प्रवेश गर्न दिइनेछ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाइएको सर्वोच्च प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार