Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

‘तिम्ले नजर’ बोलको तीज गीत सार्वजनिक


‘तिम्ले नजर’ बोलको तीज गीत सार्वजनिक भएको छ । राजेन्द्र कंडेल र सिर्जना श्रीको आवाजमा रहेको तीज गीत ‘तिम्ले नजर’ आर के परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

यस गीतमा आर के परियार, सुस्मा धमला र इच्छाराम परियारको अभिनय रहेको छ भने आभाष सेन्चुरीको शब्द संगित रहेको छ । यस गीतको छायांकन बिबेक बिकले गरेका छन् भने चित्र मास्की मगरले निर्देशन गरका छन् ।

तीज विशेष गीत भएका कारण दर्शकहरुको मन जित्न सक्ने विश्वास रहेको आर के परियारले आजको प्रेसलाई बताए । आधा दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेका आर परियारले यो भन्दा अगाडि ‘धोका’ बोलको गीत सार्वजनिक गरेका थिए । ‘धोका’ बोलको गीतबाट राम्रै नाम कमाएका आर के परियारले अरु थुप्रै गीतहरुमा पनि अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार