Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

कपिल शोमा हुने छैनन् कृष्णा अभिषेक


भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन दर्शकमाझ आउने तयारीमा छ ।

नयाँ सिजनको तयारीसँगै कलाकारमा पनि फेरबदल भएको छ । अधिकांश नयाँ कलाकारको उपस्थिति रहने नयाँ सिजनमा कृष्णा अभिषेक भने यसपटक हुने छैनन् ।कृष्णा अभिषेकले पनि यो कुराको पुष्टि गरेका छन् । ‘सम्झौताको विषयका कारण म नयाँ शोको हिस्सा हुने छैन’, उनले भनेका छन् ।अर्की कलाकार भारती सिंह पनि नयाँ सिजनमा बढी सक्रिय हुने छैनन् ।

उनले आफू ‘सारेगामापा लिटिल च्याम्प्स ९’को होस्ट गरिरहेकाले कपिल शोमा धेरै समय दिन नसकेको खुलाएकी छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार