काठमाडौ, १४ भदौ । वैदिक सनातान हिन्दु धर्म संस्कृतिसंग सम्वन्धि गाईवाच्छालाई पनि संरक्षण गर्ने उद्धेश्यले स्थापित ‘हामी मानवता वचाऊँ संस्था’का पदाधिकारीहरुले मंगलबार गोठाटारस्थित ‘असहाय गाईवाच्छा संरक्षण केन्द्र’मा आश्रीत गाईवाच्छालाई आहारको व्यवस्था गरेको छ ।
संस्थाले त्यहाँ आश्रीत असहाय गाइवाच्छाको लागि १३ हजार रुपैयाँ बराबरको परालको भुसा किनेर खुवाएको थियो । असहाय गाईवाच्छा संरक्षण केन्द्रका संस्थापक समाजसेवी उत्तम पुडासैनीले ‘हामी मानवता वचाऊँ संस्था’का पदाधिकारीहरुलाई धन्यवाद दिए ।
हिन्दु महिलाहरुको ठुलो पर्व तीजको अवसरमा संस्थाका संस्थापक÷ संरक्षक आचार्य राम लम्सालको नेतृत्वमा संस्थाका पदाधिकारीहरु असहाय गाईवाच्छा संरक्षण केन्द्रमा पुगेका थिए ।
सडक किनारमा अलपत्र पारेर छोडेका, घाइते वाच्छाहरु तथा थारो गाईहरुलाई एम्बुलेन्समार्फत संकलन गरि केन्द्रमा ल्याएर संरक्षण गर्दै आएको छ ।