Logo
२७ श्रावण २०८३, बुधबार
|  Thu Aug 13 2026

कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने


कामना सेवा विकास बैंकका संस्थापक सेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

यसको मूल्य भने खुलाइएको छैन ।  सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार