Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

नेप्से दोहोरो अंकले घट्यो


साताको पहिलो काराेबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६ अंकमा ओर्लिएको छ । कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रहेको छ। दिनभर कुल ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ३, विकास बैंक ५३, फाइनान्स २२, होटल तथा पर्यटन ३७, जलविद्युत् ३४, जीवन बीमा ३९, उत्पादन ५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८ र व्यापार उपसमूह ११ अंक घटेको छ । अन्य उपसमूह ४ अंक बढ्यो । मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकम क्रमश: अगाडि रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार