राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्दै आएको स्वतन्त्र नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्र शाह फेरि चाप्लुसीको घेरामा परेको आरोप लगाएको छ ।
समाजका अध्यक्ष हेमविक्रम सिलवालले एक विज्ञप्ती जारी गर्दै पूर्वराजा चाप्लुसीको घेरामा परेको आरोप लगाएका हुन् । सिलवालले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :
समाजका अध्यक्ष हेमविक्रम सिलवालले एक विज्ञप्ती जारी गर्दै पूर्वराजा चाप्लुसीको घेरामा परेको आरोप लगाएका हुन् । सिलवालले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :
२१ औं शताब्दि मा पनि दरबार चाप्लुसि को घेराउमा
विजया दशमी र सप्तमी फुलपातिका दिन श्री ५ सरकार ज्ञानेन्द्र शाहदेव द्वारा विजया दशमीको संध्यामा शुभकामना दिइबक्सेको संदेश स्वागत योग्य छ । २१ शताब्दि को मर्यादित राजसंस्था र प्रजातान्त्रिक परिपाटी प्रति देखाइएको सदाशयता प्रति स्वतन्त्र नागरिक समाज अभिनन्दन गर्दछ । महाराजधिराजबाट बोली बक्सेका वाणीलाई व्यवहारमा उतार्ने अत्यन्त जरूरी छ । महाराजको वक्तव्यबाट वहाँको देशप्रति को गहिरो माया स्नेह र चिन्ता झल्किन्छ । तथापि लेखने भन्ने र सुन्ने अनि कार्यान्वयन नगर्ने प्रवृत्तिले नेपाली जनतामा निराशा मात्र छाएको नभई राजनेताहरू प्रति नै वितृष्णा जागेको छ । पुराना इतिहासका गल्ति ‘ नकारात्मक कुरा ‘ प्रात्र प्रवृति नदोहोरियोस् भन्ने हाम्रो चाहना हो । यथास्थितिमा यस्ता पुराना कुरा सम्झि देश अगाडी बढ्न सक्दैन । राजनीतिक पार्टीहरूले विगत र वर्तमान समयमा निषेध र ईर्ष्या देखाउँदा हाम्रो देश नेपाल आज राजनीतिक अन्योल देखा पर्यो । २१ सौं शताब्दि को सोच राखेर महाराज धिराजले राजनीतिक पार्टीका पदाधिकारीहरुलाई देशका वर्तमान र भविष्यका विषयमा गम्भीर छलफल र बहस गर्न जरूरी भएको छ । परम्परागत शक्ति र लोकतानत्रिक शक्तिको मिलन बिन्दू नै अहिलेको माग हो । हाम्रो सामु ब्रिटेन जस्तो लोकतान्त्रिक राष्ट्रले पनि राजसंस्था अँगालेको उदाहरण हाम्रो सामु घाम जस्तै छर्लङ्ग छ । हाम्रो जस्तो देशमा जहाँ राजतन्त्र को हजारौं वर्षको इतिहास जीवन्त छ त्यस्को संरक्षण को लागि पनि नेपालमा राजसंस्था सहितको लोकतन्त्र आवश्यक छ जस्ले मुलूक लाई स्थायित्व ‘ समृद्धि ‘ धर्म संस्कृति को जगेर्ना ‘ अनेकतामा एकता ‘ असंलग्न परराष्ट्र नीतिको अवलम्बन र शान्ति क्षेत्रको प्रस्तावको कार्यान्वयन को पहलकदमि हुनेछ । हाम्रो जस्तो मुलुक जुन बहुभाषिक ‘ बहु साँस्कृतिक र अनेकतामा एकता हो । यसैका खातिर परम्परागत राष्ट्राध्यक्ष रहने ‘ र बालिग मताधिकार द्वारा निर्वाचित प्रधानमन्त्री छान्न पाउने शासन प्रणाली नै सबै भन्दा उपयुक्त हुन्छ |
विगतमा निर्दलीय प्रजातान्त्रिक प्रणाली पञ्चायती व्यवस्थाले दिएको राजनीतिक स्थायित्व ‘ देशको औद्योगीकरण ‘ पाँच विकास क्षेत्रको पूर्वाधार विकास ‘ चौध अञ्चलको समानुपातिक विकास अझै पनि सान्दर्भिक छन् । पूर्व पश्चिम राजमार्ग ‘ अरनिको राजमार्ग देश भित्रै कृषि र औद्योगिक क्रान्ति लाई निरन्तरता दिएको
भए देश गरीवी को रेखामुनि पर्ने थिएन । कुनै पनि देश प्रगति हुन देश भित्रै कृषि औयोगिक क्रान्ति हुन जरुरी छ । यही औद्योगीकरण विकासको योजनालाई निरनतरता दिनुपर्ने कुरामा वर्तमान अर्थमन्त्री जनार्दन शर्माको हालै प्रकाशित उद्योग हरुलाई विउँताउनु पर्ने विज्ञप्तिले पुष्टि गरेको छ । जुन स्वागत योग्य छ ।
यसर्थ सम्पूर्ण नेपाली प्रजातान्त्रिक ‘ प्रगतिशील र परम्परागत शक्तिको मिलन विन्दूले नै देशको प्रगति र उन्नति हुनसक्छ भन्ने स्वतन्त्र नागरिक समाजको निष्कर्ष हो ।
जय विजया दशमि ! जय गुरु गोरख !
संयोजक हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज
पाटनढोका पीपलबोट ललितपुर





