Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

एनएमबि बैंकको डेपुटी सिइओमा उपाध्याय र घिमिरे


एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत ( डेपुटी सिइओ ) मा सुदेश उपाध्याय र गोविन्द घिमिरे नियुक्त भएका छन् । यही असोज ११ गतेदेखि लागु हुनेगरी उपाध्याय र घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बुझिएको छ ।

यसअघि दुबैजना एनएमबि बैंकको नायब महाप्रबन्धक रहेका थिए । नायब महाप्रबन्धक उपाध्याय र घिमिरेलाई केहीदिनअघि बसेको बैंक सञ्चालक समितिको ४३९ औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार