Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

दुई वर्षिया वालिका वाल क्यान्सर सचेतना कार्यक्रमको प्रमुख अतिथि


‘वाल क्यान्सररोग ८० प्रतिशत निको हुन्छ’

‘वाल क्यान्सररोग ८० प्रतिशत निको हुन्छ’
ललितपुर, ७ असार । क्यान्सर लागेर निको भएका र उपचारका क्रममा रहेका वालवालिका र उनीहरुका अभिभावकहरुलाई सहभागी गराई शुक्रबार समयमै क्यान्सर पत्ता लगाई उपचार गरेमा वाल क्यान्सर रोग ८० प्रतिशतसम्म निको हुने बताइयो ।

वाल क्यान्सर सचेतना कार्यक्रमको प्रमुख अतिथि देव्रे आँखाको क्यान्सर भएर उपचारपछि निको भएकी २ वर्षिया वालिका युनिषा बमजन थिइन् । तीन महिनाको उमेरमा उनको आँखामा क्यान्सर भएको पत्ता लागेर उपचार गरेपछि डेढ वर्षको उमेरमा उनी पुर्ण स्वस्थ भईसकेकी थिइन् । तिनै वालिकाले क्यान्सर भएर पुर्नजीवन पाएका आफुजस्तै वालवालिका र किशोरकिशोरीमध्ये कार्यक्रममा उपस्थित भएका ५० जना वालवालिकासंग मिलेर केक काटीन् ।

नेपाल क्यान्सर सहयोग समूह, उपचारका लागि सहयोगी हातहरु, रोटरी क्लव अफ यल तथा सुदिप्त क्यान्सर सर्भाईभर समूहको संयुक्त आयोजनामा भएको ‘३५ औं सुदिप्त क्यान्सर सर्भाईभर मिट’ मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी वाल क्यान्सररोग विशेषज्ञ डा.अञ्जली पण्डितले समयमै उपचार गरेकोले क्यान्सररोग लागेका ८० प्रतिशत भन्दा बढी वालवालिका निको भएर आफ्नो नियमित जीवनचर्यामा फर्किएको बताईन् ।

नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठले हरेक महिना क्यान्सर बारे जनचेतना फैलाउँदै आएको संस्थाले वालवालकिालाई लाग्ने क्यान्सर मात्रै नभई सबै प्रकारको क्यान्सर समयमै पत्ता लगाई उपचार गर्न सके रोग निको हुने बताइन् ।

नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष गणेशभक्त श्रेष्ठले क्यान्सरलाई जितेकाहरुको भेटघाट गरी आफ्नो अनुभव आदानप्रदान गर्ने थलो नै सुदिप्त क्यान्सर सर्भाईभर मिट भएको प्रष्ट पारे ।

वाल क्यान्सररोग विशेषज्ञ डा.पण्डितका अनुसार नेपाल क्यान्सर हस्पिटलमा वाल क्यान्सररोग उपचार शुरु गरेको १० वर्षको अवधिमा उपचार गरेका वाल क्यान्सररोगी मध्ये रक्तक्यान्सर, ब्रेन ट्युमर र ग्रन्थीको क्यान्सर (लिम्फोमा) भएका वालवालिकाको ८० प्रतिशत उपचार सफल भएको बताइन् ।

कार्यक्रममा क्यान्सर जितेका वालवालिकाले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने आयोजकको तर्फबाट उनीहरुलाई केक, चकलेट र उपहार दिइएको थियो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरमा विगत १० वर्षदेखि वरिष्ठ वाल क्यान्सररोग विशेषज्ञ डा.प्रकाश निधि तिवारी तथा डा.अञ्जली पण्डितसहितको टोली उपचारमा संलग्न रहेको छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठका अनुसार रक्त क्यान्सर र बोनम्यारो क्यान्सरका विरामीहरुको लागि अस्पतालले २०७९ सालभित्रै अस्पतालमा रगत प्रत्यारोपणको कार्य गर्ने तयारी गरिराखेको छ ।
कार्यक्रम श्रेया श्रेष्ठले पनि वाल क्यान्सर रोग र यसको उपचारबारे जनचेतना फैलाउनुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार