Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

दशैंको मासु विवादमा एक युवाको हत्या


दशैंको मासु भाग लगाउँने विषयमा विवाद हुँदा सिन्धुलीको कमलामाई नगरपालिकामा एक युवकको हत्या भएको छ ।
कमलामाई नगरपालिका बस्ने २१ वर्षिय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा स्थानीय मेखबहादुर जर्गा मगर र दिनेश जर्गा मगर रहेका छन् ।
दशैंमा राँगा काटेर मासु भाग लगाउँने विषयमा उनीहरुबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा मेखबहादुर र दिनेशले विक्रममाथि चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार