Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

वसन्तपुरमा एक दिवसीय हस्तकला प्रदर्शनी सम्पन्न


विश्व पर्यटन दिवसका अवसरमा मंगलबार वसन्तपुरमा एक दिवसीय हस्तकला प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रबद्र्धन संघ तथा नेपाल हस्तकला महासंघको अगुवाई र काठमाडौं महानगरपालिकाको सहयोगमा सम्पन्न भएको एक दिवसीय हस्तकला प्रदर्शनीमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मंगलबार वसन्तपुर डबली तथा त्यस आसपासको क्षेत्र हस्तकला कपडा, झोला, गरगहना, धातु तथा माटाका सामग्रीले झकिझकाउ देखिन्थ्यो ।
प्रदर्शनीको उदघाटन समारोहमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वदेशी उत्पादनलाई विश्व बजारमा फैलाउन गुणस्तरीय वस्तु उत्पादन र प्रवद्र्धनमा जोड दिनुपर्ने बताइन् । कार्यक्रममा मेलाका संयोजक तथा हस्तकला महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधरले हस्तकला नीति बनाउँदा व्यवसाय प्रवद्र्धन र उत्पादित सामग्री प्रचार तथा बजारीकरणमा ध्यान दिनुपर्ने बताए ।

हस्तकला व्यवसायले घरपरिवारको आयआर्जनमा सहयोग पुग्ने र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउने भए पनि मुलुकभित्र साधनस्रोतको अभाव रहेको उनको भनाई थियो ।
कार्यक्रममा हस्तकला क्षेत्रसँग सम्बन्धित विभिन्न उद्योगी तथा व्यवसायीहरुले आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार